क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने अच्युत दुलाल पक्राउ

२४ श्रावण २०८३, आईतवार १३:१८

वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि दुलाललाई साउन २४ गते गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाई एक व्यक्तिबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ । रकम लिएपछि रोजगारीका लागि क्यानडा नपठाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*