नाइमा एक्स्पोमा टोयोटाको अफर, बुकिङ गर्ने ग्राहकलाई ३ देखि २१ लाख रुपैयाँसम्म छुट

२५ श्रावण २०८३, सोमबार ११:२०

काठमाडौं । टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने एक्स्पोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाखसम्मको छुट पाउने कम्पनीले जनाएको छ।

एक्स्पोकै अवसरमा टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडलसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ मोडलको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै ग्राहकलाई नयाँ उत्पादन र अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ।

टोयोटा नेपालका अनुसार नाइमा एक्स्पोका लागि ल्याइएको विशेष छुट एक्स्पो अवधिमा गरिने गाडी बुकिङमा मात्र लागू हुनेछ। छुटसँगै कम्पनीले ग्राहकलाई लक्षित गर्दै विशेष ड्राइभको समेत घोषणा गरेको छ।

एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरिनेछ। विजेताले एक जोडीका रूपमा ‘Elite Explorers Kanya Kumari Drive’ मा सहभागी हुने अवसर पाउनेछन्। त्यस्तै, एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले Community Drive मा सहभागी हुने अवसरसमेत प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पो २०२६ का लागि ल्याइएको यो विशेष अफर गाडी खरिदमा छुट दिने योजनामा मात्र सीमित छैन। ग्राहकलाई बचतसँगै नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले अफर तयार गरिएको हो।

अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ मोडलको सार्वजनिक समारोहमा सहभागी हुन तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले ग्राहकलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*