१० दिने तिब्बती बौद्ध परम्परा अध्यापन प्रशिक्षण कार्यक्रम बौद्धमा सुरु
२५ श्रावण २०८३, सोमबार १२:२९

काठमाडौं । काठमाडौंको बौद्धमा आजदेखि १० दिने तिब्बती बौद्ध परम्परा अध्यापन प्रशिक्षण कार्यक्रम टिसिपीको आज विहान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । इन्टरनेशनल बुद्धिष्ट एकेडेमीमा उक्त तालिम कार्यक्रम आजबाट सुरु गरिएको हो ।
तालिम कार्यक्रममा नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिणपूर्वी एसियाका अन्य विभिन्न देशका शाक्य काग्यु निङ्मा लगायतका विभिन्न तिब्बती बौद्ध परम्पराबारे भिक्षु तथा भिक्षुणी तथा धर्म अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त प्रशिक्षण कार्यक्रममा सहभागी गराइएको छ ।
स्रोतका अनुसार उक्त तालिममा सयौं सहभागी भइरहेका छन् । तालिम कार्यक्रम आगामी भाद्र ३ गतेसम्म सञ्चालन हुनेछ ।











