वनस्थलीमा लुटपाट गर्ने ४ जना पक्राउ, ५७ हजार नगद बरामद

२५ श्रावण २०८३, सोमबार १२:५०

काठमाडौं । काठमाडौंको वनस्थलीमा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने उदयपुरगढी गाउँपालिका–५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका–५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका–३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*