व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

२६ श्रावण २०८३, मंगलवार १७:५०

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतले गोल्छालाई एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

मुद्दाको सुनुवाइअघि गोल्छाको बकपत्रसमेत गराइएको थियो । बकपत्र र थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

गोल्छाले यसअघि पनि अर्को मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाइसकेका छन् । गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*