सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२७ श्रावण २०८३, बुधबार १०:५९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
यता, सुनसँगै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको हो ।











