आरएसडिसी लघुवित्तको आठौं साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

९ मंसिर २०७८, बिहीबार १२:४८

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण भोलि (मंसिर १० गते) हुदैछ । सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी हुने भएको हो ।

उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको ०.५२६३ प्रतिशतले हुने ३८ लाख ५२ हजार ४२० रुपैयाँ नगद लाभांश र १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ बराबरको बोनश शेयर पारित गर्ने गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक बर्षको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र आर्थिक बर्ष २०७७।०७८ को वार्षिक आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव अगाडि लैजानेछ । साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कम्पनीले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ । जसअनुसार संचालक समितिले प्रस्ताव गरेको सोही प्रतिशत लाभांश पाउन र सभामा भाग लिन कात्तिकक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*