बाढीबाट भएको क्षतिको बीमा दाबीका लागि नेको इन्स्योरेन्सको आग्रह

१० भाद्र २०८३, बुधबार १८:०५

काठमाडौँ ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई नेको इन्स्योरेन्सले क्षतिको विवरण तत्काल कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ। कम्पनीले विपद्का कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई आवश्यक सहयोगका लागि कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको हो।

नेको इन्स्योरेन्सले बाढीबाट भएको क्षतिको बीमा दाबी प्रक्रियाका लागि प्रभावित ग्राहकलाई क्षतिको जानकारी गराउन आग्रह गर्दै आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ। बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकले क्षतिको विवरण उपलब्ध गराई आवश्यक प्रक्रियाका लागि कम्पनीसँग समन्वय गर्न सक्नेछन्।

क्षतिको जानकारी तथा आवश्यक सहयोगका लागि ग्राहकले राघव आचार्यलाई ९८०१९१८७२५ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*