मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
१८ कार्तिक २०८३, बुधबार १४:०१

काठमाडौं । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई प्रहरीको सर्वाेच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारको जिम्मेवारी दिएको छ ।











