विहान ८ः३७ बजेको भुकम्प नै होइन, पहिरोबाटै ५.२ रेक्टरस्केलको तीव्र धक्का: अमेरिकी भुगर्भ संस्था

काठमाडौं । आज विहान रसुवा जिल्लाबाट करिब ४० किमी उत्तरतर्फ केन्द्र बिन्दु भएर गएको भनिएको भुकम्प नै यथार्थमा भुकम्प नभएर विशाल पहिरो भएको अमेरिकी भुगर्व सम्बन्धी संस्था युएसजिएसले केहीबेर अघि जनाएको छ । आज विहानको आफ्नो प्रतिवेदन सच्याउँदै अमेरिकी भुगर्भ सम्बन्धी संस्थाले सो बिशाल पहिरो चीनको सीमा नजिक नेपालतर्फ नै गएको दावी गरेको छ । नेपालतर्फको लाङटाङ हिमालमा कडा चट्टान र हिउँको पहाड फुट्दा शक्ति उत्पन्न भएको जनाएको छ ।
नेपाल चीनको बोर्डर आसपासमा विशाल हिम पहिरो चट्टानी पहिरोका कारण ५.२ रेक्टर स्केलको उर्जा उत्पन्न भएको र सो अत्याधिक शक्तिशाली उर्जाले जमिनमा ठूलो भूकम्पको धक्का महसुस गर्दै त्यस्तो रेडर्क गरिएको जनाएको छ ।
आज विहान रेकर्ड गरिएको भुकम्पको तीव्रता ४.५ रेक्टरस्केल भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले पनि जनाएको थियो । तर, भुकम्प मापन सम्बन्धी मेशिनले तीव्रवताको आधारमा मापन गरेको उक्त भुकम्प यथार्थमा बिशाल पहिरो भएको भन्दै आफ्नै विवरण सच्याएको हो ।

युसजिएसले विशाल पहाड र हिउँको ढिक्काको पहिरो गएको जनाएको छ । स्थानीयबासीहरुले आज विहानै ठूलो विस्फोटको आवाज सुनेको र सो लगत्तै जमिन हल्लाउँदै विशाल बाढी भएको बताएका थिए । भन्सार कार्यालयमा चिनियाँहरुको सिसी क्यामेरामा पनि बाढी आउनु अघि जमिन हल्लिएको देखिएको थियो ।
उक्त भुकम्पको धक्का महसुस गरिएको १० मिनेटभित्रैमा रसुवाको भन्सार कार्यालयमा बाढी आईपुगेको थियो । हिमको ढिक्का र पहाडसँगै बगेकोले तत्कालै हिउँ पानीमा परिणत भई ठूलो बाढीको स्वरुप ग्रहण गर्दै आम विनाशकारी बनेर तलतिर हुईकिएको हुनसक्ने देखिएको छ ।









