बाढीपछि एनएमबि बैंकका चार कर्मचारी सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार १२:११

काठमाडौँ । रसुवाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन्।

भदौ १० गते बिहान करिब ८स्४५ बजे टिमुरे आसपासका क्षेत्रमा आएको बाढीपछि शाखामा कार्यरत धर्म राज रिमाल, नबिन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म सम्पर्कमा नआएको बैंकले जनाएको छ।

बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन अनुरोध गरेको छ।

जानकारी प्राप्त भएमा एनएमबि बैंक लिमिटेडका ९८४९३८०८१८, ९८१८५००२१६ वा ०१–५९७०१५० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*