२५ अर्ब ८७ करोडको बीमा दाबीमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा मात्रै साढे २० अर्बको दाबी

१६ भाद्र २०८३, मंगलवार १८:१६

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। कुल २५ अर्ब ८७ करोड रुपैयाँको क्षतिमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको बीमा दाबी परेको छ।

बीमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यस शीर्षकअन्तर्गत ५२ वटा बीमालेखबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमातर्फ ३१३ बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ र परिवहन बीमातर्फ ४७ बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यसैगरी, अन्य बीमाअन्तर्गत ५४ बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ बीमालेखबाट ४१ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*