बाढीको कहरमा सरकारी बजेट दुरुपयोग, हेटौडा लेडी जेसिज भव्य कार्यक्रम गर्दै

काठमाडौं । देश यतिबेला हिमपहिरोबाट उत्पन्न बाढीको कहरमा छ । हजारौं बेपत्ता छन्, आज साँझसम्मको तथ्याङ्क अनुसार ९८३ जनाको शव भेटिएको छ । तर, हेटौडामा केही महिलाहरु भने हेटौडा लेडी जेसिसको नाममा सरकारी रकम खर्च गरेर भव्य कार्यक्रम गर्दैछन् ।
यही भदौं १९ र २० गते मकवानपुर जिल्लाको हेटौडास्थित होटल एभोकाडोमा जेसिआई लेडी हेटौडा एरिया बी अन्तर्गतका महिलाहरु सहभागी भएर कार्यक्रम हुन लागेको हो । जेसिआई नेपालको आयोजना र जेसिआई लेडी हेटौडाको होस्टमा हुन लागेको सो भव्य कार्यक्रमको खर्च भने हेटौडा उपहानगरपालिकाबाट हुने हुनेछ ।
चालु आवकै बजेट सुरुमै खर्च गर्न लागिएको हो । यसको लागि बजेट तर्जुमा गर्दाकै बखतमा सेटिङ गरी बार्षिक नगर विकास योजना आव २०८३।०८४ को बजेट पुस्तिकाको क्र.स. १४८ मा समावेश गरिएको तथ्य खुलेको छ । पृष्ठ ४३ मा महिला उत्थान कुनै बिषेश नभनी जेसिआई हेटौडा लेडीसँगको सहकार्यमा लैंगिक समानता तथा समाजिक समावेशीकरण कार्यक्रम गर्ने भनिएको छ ।

हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बाढीको कहरका बीचमा लेडी जेसिसको कार्यक्रममा लाखौं रुपैयाँ खर्च गर्न लागिएको बिषयमा जिज्ञाशा राख्ने वित्तिकै भनिन्, ‘म बाहिर छु, अहिले केही बताउन सक्दिन ।’
देश शोकमा छ, हजारौं महिला पुरुषहरु नदिमा बगेर बेपत्ता छन् । सामाजिक कार्य गर्ने दायित्व बोकेको हेटौडा लेडी जेसिजले उद्धार तथा राहतमा खर्च गर्नुपर्ने रकम भव्य कार्यक्रम गर्न लागको हो । यस बिषयमा हेटौडामा केही सामाजिक अभियान्ताहरुले प्रश्न उठाएको भएपनि नसुने झै गरी कार्यक्रम गर्न लागिएको हो ।









