सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने, असोज ८ गते साधारणसभा
१७ भाद्र २०८३, बुधबार ०७:०१

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले करसहित २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरणका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
कम्पनीको एघारौं वार्षिक साधारणसभा आउँदो असोज ८ गते बिहीबार काठमाडौंको नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने भएको छ। सभा अपराह्न ४ बजे शुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।









