बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१७ भाद्र २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २५३८.११ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको ७२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।
बुधबार १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज उपकार लघुवित्तको शेयर मूल्य ११.८७ प्रतिशत, माथिल्लो मैलुङ खोलाको १०.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.१० प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।










