बाढी प्रभावितका लागि आरम्भ चौतारी लघुवित्तबाट ७ लाख ८१ लाख सहयोग

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले भदौं १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरुको राहत तथा पुनःस्थापनाका लागि ७ लाख ८१ लाख ७३१ रुपैयाँ प्रधानमन्त्रि दैवी पकोप उद्धार कोषमा सहयोग गरेको छ ।
बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत तथा सहयोग पुर्याउने उदेश्यले संस्थाले उक्त रकम सहयोग गरेको जनाएको छ ।
संस्थाले उक्त बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेको छ । साथै, बेपत्ता भएका व्यक्तिहरुको यथाशीघ्र खोजी तथा सकुशल उद्धार हुने विश्वास व्यक्त गरेको छ ।
विपदको यस कठिन घडीमा प्रभावित समुदायलाई साथ दिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि विपद प्रभावित तथा आर्थिक रुपमा कमजोर समुदायको सहयोगमा प्रतिवद्ध रहेको जनाएको छ ।









