कृष्णभीरको पहिरो पन्छाउने काम सुरू

१८ भाद्र २०८३, बिहीबार ११:२२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ । गत सोमबार पहिरो खसेपछि उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको हो ।

राजमार्गमा सवारी आवागमन सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक तथा उद्धार टोली परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

पहिरो हटाउने कामलाई व्यवस्थित बनाउन सडकको दुवैतर्फबाट १८ जना मजदुर तथा प्राविधिकको टोली परिचालन गरिएको छ । अहिले पहिरो आसपासका रुख कटान तथा हटाउने काम भइरहेको छ ।

रुख हटाउने कार्य सम्पन्न भएपछि दुवैतर्फ तयारी अवस्थामा राखिएका स्काभेटर तथा डोजरलगायत हेभी निर्माण उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*