गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

१८ भाद्र २०८३, बिहीबार १४:२५

काठमाडौं । पत्रकार एवम् गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक ५५ वर्षीय वसन्तप्रकाश उपाध्यायको निधन भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिरअगाडिको चौतारोमा उनी भदौ १७ भदौ अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्पश्चात प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुऱ्याएको थियो । अचेत अवस्थामै अस्पताल लगिएकोमा चिकित्सकले निधन भइसकेको घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*