ब्लड प्रेसर हाई भएर संसद बैठककै लडे सांसद खड्का
१८ भाद्र २०८३, बिहीबार १४:५५

काठमाडौँ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का आफ्नै कुर्सीमा बसिरहेका एकाएक लडेका थिए । उनी लडेपछि कांग्रेस सांसदहरू उठाउन दौडिएका थिए ।
.
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए ।
डोटी जिल्लाबाट निर्वाचित खड्का लेखासमितिका सभापति हुन् ।











