साउनमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ५ अर्ब ७३ करोड, कुनको कति ?

काठमाडौं । साउन महिनामा १५ वटा निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ७३ करोडभन्दा बढी रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनमा २ लाख २९ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् ।
उपलब्ध तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै बीमाशुल्क हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गर्न सफल भएका छन् ।कम्पनीले साउनसम्ममा ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिमा ५५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा एनलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
प्राधिकरणको तथ्यांक अनुािर शिखर इन्स्योरेन्स कम्पनीले ५१ करोड २० लाख रुपैयाँm प्रिमियर इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्ट इन्स्योरेन्स कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ३८ करोड ८ लाख रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।
त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले २७ करोड २ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले २५ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २४ करोड ३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।










