संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री जाने तयारी सुरु, सुकुम्बासी काण्डले पार्न सक्छ अप्ठेरो

काठमाडौं संयुक्त राष्ट्र संघको आगामी ८१ औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल जाने निर्णय यसअघि नै भइसकेको छ । तर, प्रधानमन्त्री कार्यालयले अहिले उक्त निर्णय संशोधन गर्दै अब प्रधानमन्त्री आफैले सो महासभामा भाग लिने तयारी सुरु भएको छ ।
तर, बालेन्द्र शाहको अमेरिका भ्रमण भने सुकुम्बासी समस्याका कारण चुनौतिपूर्ण बन्ने देखिएको छ । करिब १० हजार सुकुम्बासीहरुलाई विस्थापन गर्ने गरी चलाइएको डोजर काण्डले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भिर उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुमा परेको उजुरीका कारण अमेरिका भ्रमण चुनौतिपूर्ण हुने देखिएको छ ।
बालेन्द्र शाहले काठमाडौं महानगरको मेयर हुँदा बागमति खोला किनाराका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउन नसकेको बदला प्रधानमन्त्री भए लगत्तै तीन दिनमै डोजर चलाएर प्यालेस्टाईनको गाजामा रुपान्तरण गरिदिएका थिए ।
सुकुम्बासी बस्तीका बालबालिका, महिला, गर्भवति महिला, अपाङ्गता भएका नागिरक, सुत्केरी मात्रै नभई महिनादिन नपुगेकी सुत्केरी महिलाहरुलाई समेत बासस्थानबाट निकालेर घरमा डोजर चलाइएको थियो । नेपाली सेनाको संरक्षण भएको गम्भिर मानव अधिकार उल्लंघनको सो घटना अहिले अन्तर्राष्ट्रिय संस्थाले गम्भिर परिवेक्षण गरिरहेको अवस्था छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको आर्टिकल ५, १२, २५ तथा मानवता विरोधी घटनामा बालेन्द्र शाहसहितका वर्तमान मन्त्रिपरिषदका सदस्यहरु संलग्न रहेका छन् ।
युरोपले यस्ता मानव अधिकार उल्लंनमा दोषी भएका जुनसुकै पदमा बहाल रहेका व्यक्तहरुलाई पक्राउ गर्ने गर्दछ । सोही त्रासका कारण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दुई बर्षदेखि युरोप भ्रमण गर्न सकेका छैनन् भने गत महिना अमेरिका भ्रमण गर्न जाँदा न्यूयोर्कका मेयर माम्दानीले पक्राउ गर्नेबारे कानुनी परामर्श लिएका थिए । इजरायलका प्रधानमन्त्रीलाई पक्राउ गर्ने मेयरले नेपालको मानव अधिकार उल्लंघनको घटनालाई कसरी हेर्ने हो अहिले नै एकिन भन्न सक्ने अवस्था छैन ।
स्रोतका अनुसार बालुवाटारमा ८१ औं महाधिवेशनको सेसनमा सम्बोधन गर्न प्रधानमन्त्री आफै जानेबारे छलफल सुरु भइसकेको छ । रास्वपाका केही नेता तथा मन्त्रीहरुले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय फोरममा गएर जलवायु परिवर्तनको असरबारे कुरा उठाउँदा प्रभावकारी हुने सुझाव दिएका छन् । यद्यपि प्रधानमन्त्री कार्यालयले औपचारिक कुनै निर्णय गरिसकेको छैन । प्रधानमन्त्री निकट फेसबुक पेज चलाउने रुटिनअफ नेपाल बन्दले भने प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्भावनाबारे स्टाटस भने पोष्ट गरेको छ । काठमाडौंमा मेयर हुँदा बालेन्द्र शाह र रुटिन अफ नेपाल बन्दका पेज एडमिन भिक्टर पौडेलले मिलेर काम गरेनन्, महानगरको बजेट नै रुटिन अफ नेपाल बन्दलाई दिएकोमा विरोध समेत भएको थियो ।
संयुक्त राष्ट्र संघको महासभामा जान लागेकोले कुनै अप्ठेरो अवस्थाको सामना गर्नु नपरे पछि यसअघि प्रचण्डले लिएको जस्तै संघीय सरकारको सुरक्षा कवच लिनुपर्ने अवस्था नआउला भनेर भन्न सकिदैन । यसअघि माओवादीबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई चितवनको बाँदरमुडे, मुक्ति अधिकारीको हत्या काण्डमा मानव अधिकारवादीहरुले अन्तर्राष्ट्रिय निकाय गुहारेका थिए । अमेरिकामा पक्राउ पर्नसक्ने भयका कारण संघीय सरकारको सुरक्षा ग्यारेन्टी लिएर मात्रै महासभामा भाग लिएका थिए ।
नेपालको संसदमै कालो चश्माको साहारामा जम्मा दुई पटक सम्बोधन गरेका प्रधानमन्त्रीले सम्बोधन अघि र पछि समेत सामान्य हार्दिकता समेत प्रदर्शन गर्न नसकी फटाफट भागेकै शैलीमा बाहिर निस्कने गरेका छन् । संयुक्त राष्ट्र संघको गरिमामा नेपालको शि ठाडो पार्ने गरी भाषण गर्न धेरै नै तयारी र कडा मेहनत गर्न बाँकी छ । जुन यति छोटो समयमा सम्भव हुनसक्छ कि सक्दैन चिन्ताको बिषय छ ।
उता, प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको फोरममा पुगेर सम्बोधन गर्न सक्नेमा शंका व्यक्त गरिएका छ । नेपालको संसदमा त राम्रोसँग सम्बोधन गर्न नसकेका, डरले चश्मा लगाएर बोलिएका बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको फोरममा पुगेर कसरी सम्बोधन गर्लान ? कतै देशकै शिर त निहुरिने होइन, आशंका पनि उत्तिकै छ ।









