आरएसटिसिए इन्भेष्टमेण्ट फण्डले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिने

१९ भाद्र २०८३, शुक्रबार ०७:२२

काठमाडौं । आरएसटिसिए इन्भेष्टमेण्ट फण्ड लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने प्रस्ताव पारितका लागि आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार धुलिखेलको दुसित थानी हिमालयन रिसोर्टमा बिहान ८ बजेदेखि शुरु हुने गरी साधारणसभा बस्ने निर्णय गरेको हो।

सभामा कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिने र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने वशेष प्रस्ताव पेश हुनेछ। साथै गत आवको वित्तीय विवरणहरू पनि पारितका लागि प्रस्तुत गरिनेछ भने चालू आवको लागि लेखापरीक्षक नियुक्त गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*