साउनमा लघु निर्जीवन बीमकले गरे ७ करोड ३१ लाख बीमाशुल्क संकलन
१९ भाद्र २०८३, शुक्रबार १२:३६

काठमाडौं । हाल सञ्चालनमा रहेको चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले साउन महीनामा मात्रै ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी कम्पनीहरुले २५ हजार ८ वटा बीमा पोलिसी जारी गरी उक्त बीमाशुल्क संकलन गरेका हुन्।
सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड २६ लाख ६४ हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ७८ लाख ८९ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७६ लाख ८० हजार रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ४९ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्।










