निर्जीवन बीमाको मुख्य आधार मोटर र सम्पत्ति: साउनमा २ अर्ब ८८ करोडको ब्यवसाय, कुनको कति?

१९ भाद्र २०८३, शुक्रबार १५:५४

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमा र  सम्पत्ति बीमाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । निर्जीवन बीमा व्यवसाय विभिन्न क्षेत्रमा फैलिएको भए पनि सवारीसाधनको बढ्दो प्रयोग तथा सवारीसाधनको अनिवार्य बीमा गर्नुपर्ने सरकारी नीति र सम्पत्तिको बीमा गर्नेहरु बढ्दा सो क्षेत्र बीमा कम्पनीहरूको मुख्य व्यवसायको क्षेत्र बनेको हो ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीले विभिन्न बीमा व्यवसायअन्तर्गत कुल २ लाख ५४ हजार ६०० वटा बीमालेख जारी गरेका छन् । ती बीमालेखमार्फत कम्पनीहरूले करिब ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

कम्पनीहरूले साउन महिनामा मात्रै १ लाख २५ हजार ४३१ वटा मोटर बीमालेख बिक्री गरेका छन् । यसबाट कम्पनीहरूले १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

साउन महिनामा सम्पत्ति बीमाअन्तर्गत ३६ हजार ७७० वटा बीमालेख जारी भएका छन् । यसबाट कम्पनीहरूले १ अर्ब ६५ करोड ७१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरी सामुद्रिक बीमातर्फ ३० हजार ५९१ वटा, हवाई बीमातर्फ २६ वटा, इन्जिनियरिङ तथा ठेक्का–जोखिम बीमातर्फ ९ हजार ६३२ वटा, विविध बीमातर्फ १३ हजार ६५४ वटा, कृषि तथा बाली बीमातर्फ १८ हजार ६४० वटा, लघु बीमातर्फ २५ हजार ६९२ वटा, दायित्व बीमातर्फ १०२ वटा र स्वास्थ्य बीमातर्फ २ हजार ५४ वटा बीमालेख जारी भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा पनि निर्जीवन बीमा व्यवसायमा ठूलो हिस्सा बागमती प्रदेशले ओगटेको देखिन्छ । त्यसपछि लुम्बिनी, कोशी, मधेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । बागमतीमा मोटर बीमासहित सम्पत्ति, सामुद्रिक, हवाई, इन्जिनियरिङ तथा ठेक्का–जोखिम, विविध, कृषि तथा बाली, लघु, दायित्व र स्वास्थ्य बीमालगायतका क्षेत्रमा सबैभन्दा बढी व्यवसाय केन्द्रित देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*