सिडिओ घिमिरे र नगरप्रमुख बलायरको टोलीद्वारा सेती नदी तटीय क्षेत्रको अनुगमन

काठमाडौँ । भदौ २१ गते प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको नेतृत्वमा शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सम्मिलित संयुक्त टोलीले सेती नदी तटीय क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
टोलीले शिखर नगरपालिका–१० स्थित बान्डुङ्ग्रीसैन सेती नदी तटीय क्षेत्रदेखि शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाबीचका नदी आसपासका विभिन्न क्षेत्रमा पुगेर नदीको अवस्था तथा तटीय बस्तीको जोखिमबारे निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा शिखर नगरपालिका–१० को बान्डुङ्ग्रीसैनलगायत सेती नदी किनारमा रहेका बस्तीहरू जोखिममा रहेको पाइएको छ । नदीको बहाव तथा तटीय क्षेत्रमा कटानको जोखिम बढेकाले सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल तटबन्धनको काम अघि बढाउनुपर्ने आवश्यकता देखिएको टोलीले जनाएको छ ।

नदी तटीय क्षेत्रमा रहेका बस्तीको संरक्षणका लागि सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक पूर्वाधार निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिएको छ














