रिलायबल नेपाल लाइफ आईबीआरडी शाखाको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२२ भाद्र २०८३, सोमबार ११:०४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ।

बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान तथा प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले अभिकर्ताहरूलाई व्यावसायिक रूपमा थप सक्रिय हुन प्रेरित गर्दै बीमा क्षेत्रको विकासमा अभिकर्ताको भूमिकाबारे मार्गदर्शन तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा शाखाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो। कार्यक्रममा प्राप्त सम्मान र मार्गदर्शनले अभिकर्ताहरूमा थप ऊर्जा र उत्साह बढाएको आयोजकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*