स्रोत नखुलेको २१ लाख ६० हजारसहित दुई पक्राउ

२३ भाद्र २०८३, मंगलवार १७:१६

काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भारतीय यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा नगदसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट बरामद भएको उक्त रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*