प्रभु म्युचुअल फण्डका दुई योजनाको १२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२४ भाद्र २०८३, बुधबार १०:२६

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ ।

यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि (भदौ २५ गते) एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले फण्डले घोषणा गरेको नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुवै फण्डका इकाईधनीलाई उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*