साउनमा जीवन बीमकको प्रथम बीमाशुल्क ३७.८७% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

२४ भाद्र २०८३, बुधबार १८:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन ३७.८७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०८२।०८३ को पहिलो साउन महिनामा १४ जीवन बीमा कम्पनीहरूले ३ अर्ब २७ करोड २४ लाख ७९ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको साउनमा ४ अर्ब ५१ करोड १८ लाख १६ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर्ने नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ । कम्पनीले साउन महिनामा १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८५ प्रतिशतले बढी हो ।

धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ५३ करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रथम बीमाशुल्क गत वर्षको तुलनामा २५.५९ प्रतिशतले बढेको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ४१.६९ प्रतिशतले बढेर ३२ करोड २८ लाख रुपैयाँ पुगेको छ भने हिमालयन लाइफको २८.२७ प्रतिशतले बढेर ३० करोड ५३ लाख रुपैयाँ पुगेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १८.९९ प्रतिशतले बढेर २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ६६.९२ प्रतिशतले बढेर २५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क भने ४९८.८९ प्रतिशतले बढेर २४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा कम्पनीले ४१ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको प्रथम बीमाशुल्क १०.१६ प्रतिशतले बढेर २३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३१.३७ प्रतिशतले बढेर १९ करोड, एशियन लाइफ इन्स्योरेन्सको २४.९४ प्रतिशतले बढेर १८ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*