वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
२५ भाद्र २०८३, बिहीबार १०:४०

काठमाडौं । वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयका साथै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे विशेष छलफल हुने जनाइएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनामा जुटिरहेको छ ।









