दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

२५ भाद्र २०८३, बिहीबार १६:१९

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योगमन्त्री बनाउने तयारी भएको हो।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन थियो। साहलाई उद्योगमन्त्री बनाउने तयारीसँगै उनी निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*