ई-पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधि साधारण तारेखमा छुटे

२५ भाद्र २०८३, बिहीबार १८:५३

काठमाडौँ। विशेष अदालतले ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका प्रतिनिधिलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार जर्मन कम्पनीका प्रतिनिधिलाई साधारण तारेखमा छाड्दै मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो।

राहदानी विभागले २०८२ साउनमा ६४ लाख थान ई–पासपोर्ट खरिदका लागि दुई जर्मन सरकारी कम्पनीसँग सम्झौता गरेको थियो। राहदानी छपाइका लागि गरिएको दुईवटा प्याकेजमध्ये म्युहलबाउर आईडी सर्भिसले १ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएको थियो भने भेरिडोसले ६ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएको थियो।

ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको पुर्पक्षका क्रममा अदालतले म्युहलबाउर आईडी सर्भिसका प्रतिनिधिलाई साधारण तारेखमा राख्ने आदेश दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*