सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

२६ भाद्र २०८३, शुक्रबार १०:५०

काठमाडौँ । सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम सुनको मूल्य चार लाख ५८ हजार ६० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य पनि आज प्रतितोला २५५ रुपैयाँले घटेर चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*