आज यी कम्पनीको शेयरमा लगानीकर्ताको ओइरो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा कायम भएको छ। परिसूचक बढेसँगै आज कारोबार पनि वृद्धि भएको छ।
यसदिन १ करोड २० लाख ८६ हजार ९३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको हो। अघिल्लो दिन झण्डै ४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज लिवर्टी इनर्जी कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, आँखुखोला जलविद्युत, नेशनल हाइड्रो र अपी पावरको शेयरमा लगानीकर्ता ओइरिएका हुन्।









