चिनियाँ राष्ट्रपति आज दिल्ली पुग्दै, ब्रिक्समा चीनको रणनीति प्रस्तुत गर्ने

२६ भाद्र २०८३, शुक्रबार १५:३७

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ भारतको नयाँ दिल्ली पुग्दैछन्। किर्गिस्तानको बिस्केकमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी भएको दुई साताभन्दा कम समयमै उनको भारत भ्रमण हुन लागेको हो।

ब्रिक्स बैठकमा सिले विकासशील राष्ट्रबीच सहकार्य विस्तार र सामूहिक आवाज बलियो बनाउने विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। पछिल्लो समय चीनले ब्रिक्स र एससीओलाई ग्लोबल साउथका मुलुकबीच सहकार्य बढाउने महत्वपूर्ण मञ्चका रूपमा अघि बढाउँदै आएको छ। व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, डिजिटल अर्थतन्त्र, हरित उद्योग र कृत्रिम बौद्धिकतामा साझेदारी बढाउनुपर्ने चिनियाँ धारणा छ।

ब्रिक्स र एससीओको विस्तारसँगै यी संगठनको विश्व अर्थतन्त्र र जनसंख्यामा प्रभाव पनि बढेको छ। चीनले ब्रिक्स प्लस अवधारणामार्फत थप विकासशील मुलुकसँग सहकार्य बढाइरहेको छ भने एससीओलाई क्षेत्रीय सहकार्यको प्रभावकारी माध्यम बनाउने प्रयास गरिरहेको छ।

यसैबीच इरानी राष्ट्रपति मोसाद पेजेस्कियन ब्रिक समिटमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*