शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

२६ भाद्र २०८३, शुक्रबार १७:२१

काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।

बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ ।

उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालनमा नआउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*