भोटेकोशी र त्रिशूली बाढीः शिखर इन्स्योरेन्सको दाबी सहायता सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका आफ्ना बीमित तथा प्रभावित महानुभावलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीसम्बन्धी सहायता तथा जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
कम्पनीले २०८३ भदौ २० गते आएको बाढीका कारण क्षति भएका बीमितलाई बीमा दाबी गर्न तथा दाबीसम्बन्धी थप जानकारी लिन सम्बन्धित शाखा वा दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको हो।
शिखर इन्स्योरेन्सले नुवाकोट, नौबिसे तथा धादिङ शाखासहित केन्द्रीय दाबी विभागका सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
दाबी सहायता सम्पर्क नम्बर
नुवाकोट शाखा
९८०१९१२४१०
९८०१९१२४११
दाबी विभाग
९८०१२३७७१७
९८०२३३६४६५
९८०१२३५१०३
नौबिसे शाखा
९८०१९१२४०२
धादिङ शाखा
९८०११८४८५३
भोटेकोशी बाढीपछि बीमा क्षेत्रमा ठूलो परिमाणमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बाढीपछि प्रारम्भिक रूपमा २५ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको विवरण सार्वजनिक भएको छ।
बीमितले क्षतिको विवरण, आवश्यक कागजात तथा दाबी प्रक्रियाका विषयमा कम्पनीले सार्वजनिक गरेको सम्बन्धित नम्बरमा सम्पर्क गर्न सक्नेछन्।









