जनताको घरमा डोजर चलाउने पासविक शासकलाई गिज्याउने ब्रिक्स सम्मेलनको त्यो एजेण्डा ‘मानवीयता प्रथम’

मन कुमार न्यौपाने
२७ भाद्र २०८३, शनिबार २२:३९

सामयीक टिप्पणी

काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सरकारले सुकुम्बासीले अतिक्रमण गरेको घरजग्गा कब्जा मुक्त बनाउने नाममा काठमाडौंसहित देशका विभिन्न स्थानमा डोजर चलाएर नागरिकको ओछ्यान, भाडाकुडालाई सडकमा फालेर उनीहरुले बनाएको घर, भवनहरु भत्काउँदा रास्वपाका कार्यकर्ताहरुले समर्थन गरे, ताली ठोके अनि सामाजिक सञ्जालमा लेखे ‘स्याबास बालेन !’  सुकुम्बासी, रोए, कराए, तर विरोध गर्ने, रुने, कराउने सबैलाई रास्वपाका कार्यकर्ताहरुले हुर्मत लिँदौ सामाजिक सञ्जाल नै चलाउन नसक्ने बनाए । तीन जना जीवनभरको कमाइले बनाएको घर भत्काएको देख्न नसकी तत्कालै आत्महत्या गरे । हालसम्म १० जना सुकुम्बासीहरु राज्यको पासविक दमन सहन नसकेर आत्महत्या गरिसकेका छन् ।

भारतमा आजदेखि जारी ब्रिक्स शिखर सम्मेलन २०२६ मा मानवीयता केन्द्रीत सहकार्यको एजेण्डा अघि बढाएपछि नेपालमा सुकुम्बासीलाई आत्महत्या गर्न बाध्य हुने गरी घरबार विहिन बनाएका बालेन्द्र शाह गम्भिर नैतिक र मानव अधिकार संकटमात्रै परेनन्, उनको त्यो मानवता विरोधी हर्कतलाई गिज्याइरहेको छ कुरी…. कुरी…. भनिरहेको छ । तर अब बालेनको सचिवालयले मानवता, मानवीयता प्रथम भन्ने चिजलाई शायदै बुझे होलान् । त्यसैले यसबारे शायदै प्रतिक्रिया आउला ।

छिमेकी मुलुक भारतमा विश्वकै शक्तिशाली राष्ट्रहरु ग्लोबल अर्डरबारे छलफल गरिरहँदा नेपाल भने अनभिज्ञ झै छ । त्यसमाथि मानवीयता केन्द्रीय दीगो सहकार्यको रणनीति अंगिकार गरेसँगै नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित सरकारको गतिविधिहरुले अन्तर्राष्ट्रिय एजेन्सीहरु ध्यानाकर्षण गरेको छ । छिमेकी मुलुकमा विश्वभरका नेताहरु मानवता केन्द्रीत सहकार्यको अबधारणा अघि बढाइरहेका छन् । तर, नेपालमा भने राणाकालिन युग भन्दा पनि पछाडि फर्केर व्यक्तिगत इगो पुरा गर्न मानवीयतालाई तिलाञ्जली दिइरहेका छन् । अहिले पनि बालेन शाहले हुर्काएको काठमाडौं महानगरका प्रहरीले नागरिकमाथि ज्यादती र अत्याचार गर्न छोडेका छैनन् भने ट्राफिक प्रहरीमार्फत गरिखाने बर्गको हुर्मत लिने कार्य जारी नै छ ।

राजनीतिक स्वार्थका लागि रास्वपा समर्थित कार्यकर्ताहरुले आफ्ना विरोधीहरुलाई देखिसहेका छैनन् । रास्वपाका साइबर स्यालहरुले जनता, नागरिकमाथि घृणा, तिरस्कार, छिछि दुरदुर र अपमान गर्दै आइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफू विरोधीहरुलाई सामाजिक सञ्जामार्फत अत्यन्तै असहिष्णु व्यवहार गर्दै आइरहेको छ । पछिल्लो समय ग्याँस अभाव, भोटेकोशी बाढी पीडितहरुलाई गरिएको अपमान तथा घृणायुक्त अभिव्यक्तिले राणाकालिन दास प्रथाकै झझल्को दिइरहेको छ । यद्यपि पार्टी सभापति रवि लामिछानेले जनता विरोधी अभिव्यक्ति दिने जोसुकैको पार्टी सदस्यता तत्कालै खारेज गर्ने चेतावनी संसदबाट दिएपनि हालसम्म एक जनाको पनि सदस्यता खारेज गरेको तथ्याङक बाहिर आएको छैन । बालेन्द्र शाह र गृहमन्त्रीलाई मन परेका एक जना रास्वपाका कार्यकर्ता जोसुकै महिलालाई भुडी बोईदिन्छु भन्दै खुलेआम अभिव्यक्ति दिँदै आएका छन्, साइबर ब्यूरोमा उजुरी पनि छ, तर साइबर ब्यूरोलाई पक्राउ नगर्नु भनेर रोकिएको छ ।

भारतमा जारी ब्रिक्स सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी, इरानका राष्ट्रपति मोसाद पेजेस्कियन, दक्षिण अफ्रिका राष्ट्रपति क्रिल रामाफोसा, इजिप्टका राष्ट्रपति फतह इल सिसी, इण्डोनेसियाको राष्ट्रपति प्रवोओ सुविन्तो, दुबईका राजकुमार सेख खालिद विन मोहम्मद विन जयद अल नयन, साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसाल विन फरहान अल साउद र ब्राजिलका विदेशमन्त्री मौरो भिइरा सहभागी छन् ।

विश्वका चार वटा महादेश, एसिया, युरोप, दक्षिण अमेरिका र अफ्रिकी देशका शक्तिशाली र प्रभावशाली नेता तथा सरकार प्रमुखहरुले मानवता प्रथमको आधारमा आपसी सहकार्य, भाइचारा सम्बन्ध विकास गर्ने, मानवताको रक्षाको खातिर एकताबद्ध भएर अघि बढ्ने संकल्प गरेका छन् । नेपालमा भने नागरिक सरकारकै कारण बाच्न नसकेर सार्वजनिक रुपमा आत्महत्या गरेर सरकारलाई चुनौति दिँदा पनि बालेन्द्र शाहले एक शब्द बोल्ने हिम्मत गरेका छन् । अर्थात यतिबेला देशमा मानवीयता भन्ने चिज मरिसकेको छ ।

मानवीयता नै मर्ने अवस्थामा पुर्याएको सरकारले भनिरहेको छ, म दिग्बिजयी हूँ, सरकार भन्दैछ, म दुई तिहाई बहुमत प्राप्त हुँ । सरकार बन्नेहरु भन्दैछन्, जनताको मत लिएर आएका हौं, कोही कसैले चुईक्क बोल्ने नै होइन, सरकार र रास्वपा मात्रै अन्तिम सत्य हो । नेपालको यस्तो परिस्थितिको बीचमा भारत जारी ब्रिक्सको बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘हाम्रो लक्ष्य उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनाका आधारमा ब्रिक्सलाई पुनपरिभाषित गर्नु हो। जसरी हामीले जि-२० अध्यक्षतामा समावेशिता ल्यायौँ र ग्लोबल साउथका सरोकारहरूलाई प्राथमिकतामा राख्यौँ, त्यसरी नै ब्रिक्स अध्यक्षीय कार्यकालमा हामी ‘मानवता पहिलो’ को भावनाका साथ अघि बढ्नेछौँ।’

विश्वका चार शक्तिशाली राष्ट्रहरु रसिया, चीन, भारत, दक्षिण अफ्रिकासहितका देशहरुले मानवताको आधारमा सहकार्य गर्ने एजेण्डा अघि सारेपछि सरकारको दमनमा परेर, राज्यले घरमा डोजर चलाएर बेघरबार बनाएका कारण नदिमा हामफालेर, पेट्रोल छर्केर आत्मदाह गरिरहेको दृष्यलाई बालेन्द्र शाहलाई गिज्याइरहेको छ । ब्रिक्स सम्मेलनमा बनेको मानवीयता प्रथम भन्ने एजेन्डाले मानवता भन्दा इगोलाई प्रधान ठान्ने बालेन्द्र शाहलाई छोयो कि छोएन होला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*