सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले?

२८ भाद्र २०८३, आईतवार ०९:२९

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ का इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने भएको छ।

नगद प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब असोज ८ गते एक दिन बन्द हुने भएको छ। असोज ७ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई तोकिएको समयभित्र नामसारी भएका इकाईधनी मात्र प्रतिफल पाउन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*