तीजको मुखमा बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२८ भाद्र २०८३, आईतवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हरितालिका तिजको मुखमा नै सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ६६० रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*