जन्मदिनमा रिलायबल नेपाल लाइफबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद

२८ भाद्र २०८३, आईतवार ११:४४

काठमाडौं । जन्मदिनलाई विशेष बनाउने क्रममा काभ्रेपलाञ्चोक निवासी रबिन्द्र दुलालले जीवन बीमा पोलिसी लिएर भविष्यमा आइपर्न सक्ने जोखिमबाट आफूलाई रक्षावरण गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरेका हुन्।

उनले आफ्नो जन्मदिनलाई व्यक्तिगत सुरक्षा र भविष्यको आर्थिक योजनासँग जोड्ने उद्देश्यले बीमा पोलिसी खरिद गरेका हुन्। पछिल्लो समय जीवन बीमालाई जोखिमको समयमा आर्थिक सुरक्षा प्रदान गर्ने माध्यमका रूपमा लिने क्रम बढिरहेका बेला जन्मदिन, न्वारान, विवाह, व्रतबन्ध जस्तो विशेष अवसरमा बिमा पोलिसी खरिद गर्ने चलन पनि बढ्दै गइरहेको छ।

दुलालले लिएको १० लाख रुपैयाँको जीवन बिमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीसुडे शाखाका शाखा प्रमुख नवीन खड्काले दुलालको घरमै पुगेर हस्तान्तरण गरेका हुन्। उक्त पोलिसी भदौ २७ गते शनिबार बीमितलाई हस्तान्तरण गरिएको हो।

कम्पनीका अनुसार जीवन बीमा व्यक्तिको जीवनमा आइपर्न सक्ने जोखिमका साथै भविष्यको आर्थिक आवश्यकतालाई व्यवस्थापन गर्ने महत्वपूर्ण वित्तीय औजार हो। नियमित रूपमा बीमा योजनामा आबद्ध हुँदा बीमित स्वयं तथा परिवारलाई भविष्यमा आर्थिक सुरक्षा प्राप्त गर्न सहयोग पुग्ने भएकाले बीमालाई दीर्घकालीन वित्तीय योजनाको महत्वपूर्ण हिस्सा मानिन्छ।

जन्मदिनमा महँगा उपहार वा अन्य फजुल खर्च गर्नुभन्दा भविष्यको आर्थिक सुरक्षाका लागि जीवन बीमा रोज्ने प्रचलन नेपाली समाजमा बढ्दै गएको पाइन्छ। रिलायबल नेपाल लाइफले ग्राहकको आवश्यकता र जोखिमअनुसार विभिन्न लोकप्रिय जीवन बीमा योजनामार्फत वित्तीय सुरक्षा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*