शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

२९ भाद्र २०८३, सोमबार ०९:३४

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

यसअनुसार बैंकले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस शेयर र नगद बापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गर्नेछ। नगद लाभांशमा कर समेत समावेश रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*