कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
६ आश्विन २०८३, मंगलवार १३:४७

काठमाडौँ । बालेन शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।
शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।











