राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई
६ आश्विन २०८३, मंगलवार ०९:११

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई तोकिएको छ।
नेपाल सरकार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले भदौ १८ गते पठाएको पत्रअनुसार अर्थमन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।
सोही निर्णयअनुसार कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको ५३१औँ बैठकले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनी सचिव कविता लामाका अनुसार भण्डारीले अर्को व्यवस्था नभएसम्म प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।











