सुनको मूल्यमा भारी गिरावट, अब सोमबार प्रतितोला कति ?
१२ आश्विन २०८३, सोमबार १०:५८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५२ हजार ३१५ रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।










