गणेश पराजुली संसदीय विशेष समितिको सभापति बन्ने निश्चित
१३ आश्विन २०८३, मंगलवार १६:०९

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएको छ ।
सभापतिमा उम्मेदवारी दिनका लागि तोकिएको मंगलबार अपराह्न ४ बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेदवारी परेको हो।











