पूर्ण अशक्तता सुविधाअन्तर्गत रिलायबल नेपाल लाइफद्वारा दाबी भुक्तानी

१६ आश्विन २०८३, शुक्रबार ०९:३९

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङ शाखाले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित टेक बहादुर गुरुङ लाई ४ लाख दाबी भुक्तानी गरेको छ ।

टेक बहादुर गुरुङले विसं २०७९ सालमा कम्पनीको लमजुङ शाखामार्फत रिलायबल सुलभ बाल जीवन बीमा प्लस जीवन बीमा योजनाअन्तर्गत १६ वर्षे अवधिको रु।४ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए ।

केही समयअघि बीमित टेक बहादुर गुरुङ लाई प्यारालाइसिस देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु। ४ लाख दाबी रकम भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानीसँगै निजले ४ लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरेका छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ।

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*