दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

२० आश्विन २०८३, मंगलवार १६:०१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो ।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीका अनुसार प्रसाईंले युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले सांसद खतिवडाले छोराको शवसँग आफ्नो सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*