यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अकंले बढेर २५७२.३४ बिन्दुका कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड २ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
यसदिन घलेम्दी हाइड्रोको ६.२५ प्रतिशत, एनआईसी एशिया ब्यालेन्ड फण्डको ४.८५ प्रतिशत, इङवा हाइड्रोपावरको ४.७८ प्रतिशतले शेयर मूल्य बढेको छ ।











