बिरामी बोकेर चितवन आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो

२१ आश्विन २०८३, बुधबार १३:४९

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

आज बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि बगही खोलाको सहायक खोलामा आएको बाढीले एम्बुलेन्स बगाएको हो।

एम्बुलेन्समा चालकसहित तीन जना सवार रहेका थिए। खोलाले एम्बुलेन्स बगाए पनि उनीहरू सबै सकुशल रहेको बताइएको छ।

भारी वर्षाका कारण माडी क्षेत्रमा खोलानाला तथा सडकमा पानीको बहाव बढेपछि आवतजावतमा समेत समस्या भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*